एक्साइड ब्याट्रिले आफ्ना डिलरहरूलाई घुमायो रुस

,   १२ माघ २०७६, आईतवार, ०३:३७ pm   
Russia-Visit_Exide
heli

काठमाडौं । नेपालको नम्बर एक ब्याट्री एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरहरूका लागि हालै सफलतापूर्वक रुस भ्रमणको आयोजना गरेको छ । एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हाँसिल गरेका डिलरहरूलाई भ्रमणका लागि रुस लगिएको हो ।

त्यस क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धकसुरेश कुमार तिवारी तथा डिलरहरू रुसका मुख्यशहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमेका थिए। भ्रमण कार्यक्रमका क्रममा सहभागीहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र क्रुज डिनरमा सहभागी भएका थिए ।

एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो पनिप्रदान गरेका थिए साथै कम्पनीप्रतिको निरन्तर साथका लागि उनले डिलरहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्रान्डप्रतिको प्रतिबद्धता पुनःव्यक्त गर्न उक्त भ्रमणको आयोजना गरिएको थियो ।

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागिकम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।