विवादका बीच अग्नि सापकोटा सभामुख, एमसीसी पास गरेरै छाड्ने तयारीमा दलहरु

Advertisement

काठमाडौँ । विवादका बीच नेकपाका सांसद अग्नि सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

काभ्रेका अर्जुन लामाको हत्याको आरोप खेप्दै आएका उनलाई सभामुख बनाउन दबाब बढिरहेको थियो । सापकोटालाई सभामुख बन्नबाट रोक्न र पक्राउ गरी कारवाही अघि बढाउन माग गर्दै सर्बोच्च अदालतमा समेत रिट निवेदन दर्ता भएको छ । यद्यपि उनी निर्विरोध सभामुख चयन हुन सफल भएका छन् ।

अमेरिकी परियोजना एमसीसी पास गर्ने कुरामा विशेषगरी सत्तारुढ दल नेकपाभित्र चर्को विवाद भइरहेको बेला सापकोटालाई उक्त प्रस्ताव संसदबाट पास गराउने शर्तमा सभामुख बनाउन प्रमुख दलहरु एकमत भएको अनुमान गरिएको छ । उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधि सभा सदस्य सुवाश नेम्वाङले प्रस्ताव पेश गरेका थिए। नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement