भारतीय दूतावासभित्र यसरी मनाइयो भारतीय गणतन्त्र दिवस (फोटो फिचर)

Advertisement

काठमाडौं । भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा भाग लिन उपराष्ट्रपतिसहित विभिन्न दलका थुप्रै नेताहरु आइतबार लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । उनीहरुलाई भारतको कार्यबहाक राजदूत अजय कुमारले स्वगत गरेका थिए । कार्यक्रममा मन्त्रीदेखि पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृतसमेत पुगेका थिए । त्यस्तै, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीयहरुको उपस्थिति थियो ।

गणतन्त्र दिवसको विशेष कार्यक्रममा कार्यबहाक राजदूत कुमारले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुका साथै भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । सोही अवसरमा उनले एक वीर नारी, आठ एकल महिला र मृतक सैनिकका पाँच जना निकटतम नातेदारलाई पाँच करोड ९७ लाख रुपियाँ नगद तथा कम्मल वितरण गरेका थिए ।

भारतीय दूतावासले विगतका जस्तै यस बर्ष पनि मुलुकभरका विभिन्न पुस्तकालयलाई पुस्तक, संस्थाहरुलाई एम्बुलेन्स र बस उपहार दियो । सोहीअनुसार यस बर्ष ५१ पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक प्रदान गरियो । अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थाहरुलाई छ वटा बस दिइयो ।

Advertisement

Advertisement

Advertisement