ओली र प्रचण्डबीच चार घण्टा ‘नन्स्टप’ वार्ता, एमसीसी पास गर्ने कि नगर्ने ? विषयमा छलफल

,   १२ माघ २०७६, आईतवार, ०६:०२ pm   
Oli-Prachand
heli

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले चार घण्टा लामो वार्ता गरेका छन् । विशेषगरी अमेरिकी परियोजना कसरी संसदबाट पास गर्ने ? विषयमा केन्द्रित रहेको जनाइएको वार्ता बिहान १० बजेबाट दिउसो २ बजेसम्म लगातार चलेको जनाइएको छ ।

वार्तामा एमसीसीबाहेक आसन्न सो पार्टीको केन्द्रीय समिति बैठकमा लैजाने के के राजनीतिक एजेण्डा लैजाने ? एमसीसीका बारेमा उठेको चर्को आवाजको कसरी सामना गर्ने ? पार्टी एकतालाई पूर्णता दिने, उपसभामुख कुन पार्टीलाई दिने विषयमा छलफल भएको भएको बालुवाटार स्रोतलाई उल्लेख गर्दै विभिन्न मिडियाले समाचार प्रकाशित गरेका छन् ।

नेकपाको केन्द्रीय समितिको बैठक यही माघ १५ गतेदेखि बस्दैछ । एमसीसीको विषयमा पार्टी ध्रुविकृत भएपछि ओली र प्रचण्डलाई यसको सामना गर्न कठिनाई भइरहेको छ । दुवै नेता एमसीसी पास गर्नुपर्ने पक्षमा भए पनि तलका अन्य नेताहरुले भने यसको चर्को विरोध गरिरहेका छन् ।