नक्कली भ्याट बिल प्रयोग गरी साढे २३ करोड राजश्व छलेको अभियोगमा दुई फर्मविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियागमा राजश्व अनुसन्धान विभागले विभिन्न फर्महरुविरुद्ध मुद्दा दर्ता गरेको छ ।

ती फर्महरुबाट २३ करोड ६० लाख विगो असुल गर्न, विगोको दोब्बरसम्म जरिवाना गर्न र तीन बर्षसम्म कैद माग दावी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गरिएका फर्महरुमा रेजिङ इन्टरनेशनलका प्रोपाइटर सञ्जिव मास्केविरुद्ध १४ करोड ८७ लाख बिगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन बर्ष कैद माग गरिएको छ ।

त्यस्तै, हनुमान कन्ष्ट्रक्शनका प्रोपाइटर शालिकराम न्यौपानेसहित दुईजनाविरुद्ध आठ करोड ६२ लाख विगो कायम गरी त्यसको दोब्बरसम्म जरिवाना र तीन बर्षसम्म कैद माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement