युनाइटेड फाइनान्सको नाफा २३.४२ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । युनाइटेड फाइनान्सको नाफा २३.४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अर्थात पुस मसान्त अवधीमा आफ्नो नाफा २३.४२ प्रतिशतले वृद्धि गरेर ४ करोड ११ लाख रुपैयाँ पुर्याएको हो ।

२०७५ पुस मसान्त अवधीमा कम्पनीको यस्तो नाफा ३ करोड ३३ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले गत पुस मसान्तको तुलनामा आफ्ना नाफ ७८ लाख रुपैयाँले वृद्धि गर्न सफल भएको हो । कम्पनीले वितरण योग्य मुनाफा भने २ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

युनाइटेडले यो अवधीमा ८ अर्ब ८१ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको ७०.९७ प्रतिशत कायम छ । एक अर्ब ४ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २४ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले ले ६ महिनामा ४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले २०७५ पुस मसान्त भन्दा ७७ लाख रुपैयाँले बढी नाफा कमाएको हो । गत पुस मसान्तमा कम्पनीको नाफा ३ करोड ३३ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीको स्प्रेड दर ४.९७ प्रतिशत छ भने आधार ब्याजदर १२.३४ प्रतिशत छ । कस्ट अफ फण्ड ९.३१ प्रतिशत र खराब कर्जा जम्म १.२९ प्रतिशत छ । कम्पनीको प्रति सेयर आम्दानी ७.९१ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ १४३.०१ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement