कामना सेवा विकास बैंकको नाफा १४ करोड ८५ लाख

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको नाफा १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । २०७५ पुस मसान्त अवधीमा त्यस्तो नाफा १३ करोड ८१ लाख रुपैयाँ मात्रै थियो ।

बैंकले ६ महिनामा ६ करोड ५५ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको देखिन्छ ।
दोश्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको बैंकले यो अवधीमा २७ अर्ब निक्षेप संकलन गरेर २३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको सिडी रेसियो भने ७८.५३ प्रतिशत कायम छ । आधार ब्याजदर ११.८६ प्रतिशत रहँदा स्प्रेड दर ५.३३ प्रतिशत रहेको छ । कस्ट अफ फण्ड ८.६३ प्रतिशत रहँदा खराब कर्जा १.३७ प्रतिशत मात्रै छ । कामना सेवाको प्रति सेयर आम्दानी ११.६९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२७ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement