डिसहोमले शुरु गर्यो बच्चाहरुका लागि ‘राइम्स’ च्यानल

Advertisement

काठमाडौं । डिसहोम नेपालमा रहेको अग्रणी डिटीएच सेवा प्रदायक कम्पनीहो जसले थुपै्र डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ । चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुदहोस् या त्यो केहि सिक्नको लागि होस् डिसहोमले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शक वर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

यस्तै मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै डिसहोमले एउटा विशिष्ट च्यानल ‘राइम्स’ मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । यो २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो । तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ ।

यो च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजीतथा गणित जस्ता विषयहरुको मात्रनभई विभिन्नमनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृडबनाउन मद्दत गर्दछ । तसर्थ यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ । डिसहोम यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ ।

Advertisement

Advertisement

Advertisement