सूर्यविनायक नगरपालिकामा जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

Advertisement

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ ।

कूल १३ आना जग्गामा करिब रु एक करोड ५० लाखको लागतमा भवन बनेको समितिका अध्यक्ष नवीन प्रजापतिले जानकारी दिए । दुईतला आधा रहेको यो भवनमा नौ कोठा, मेस, महिला ब्यारेक, इञ्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हवल्दार र प्रहरी जवानको ब्यारेक, सभाकक्ष , प्रतीक्षालय, र छ शौचालय रहेको ट्राफिक प्रहरी हवल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement