नेपालबाट भारतमा तस्करी गर्न लागिएको २१ तोला सुनसहित एक युवक पक्राउ

Advertisement

महोत्तरी । नेपालबाट भारतमा तस्करी गर्न लैजाँदै गर्दा २१ तोला सुनसहित एकजना युवक पक्राउ परेका छन् । आइतबार साँझ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित दीपक महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –४ का २३ वर्षीय महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरीले बा १२ प ५०७६ नम्बरको कारमा राखी भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाका अनुसार १६ लाख २४ हजार ६०६ रुपियाँ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुनसहित महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।

Advertisement

Advertisement

Advertisement