गायिका राउतलाई चार दिन हिरासतमा राख्न प्रशासनको अनुमति

Advertisement

काठमाडौं । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाईअनुमति दिएको छ । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

माघ १ गते त्रिभुवन अन्तर्रािष्ट्र्रय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप आस्थामाथि छ । श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भएको जनाइएको छ । अब अन्य कानूनी प्रक्रिया अघि बढ्ने देखिन्छ । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement