प्राधिकरणमा सत्तारुढ दलनिकटको कर्मचारी युनियनद्धारा कुलमान विरुद्ध आन्दोलन घोषणा

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणभित्र सत्तारुढ दल नेकपानिकटको कर्मचारी युनियनले प्राधिकरण व्यवस्थापनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

आधिकारिक युनियनको भूमिकामा समेत रहेको नेबिप्रा राष्ट्रिय कर्मचारी संगठनले आफूले रचनात्मक सहयोग गर्दागर्दै पनि व्यवस्थापनले पेल्ने काम गरेको, मानविय पक्षलाई समेत ख्याल नगरी कर्मचारीहरुको सरुवा गर्ने र आफू निकटकालाई राम्रो ठाउँमा सरुवा र बढुवा गर्ने काम गरेको बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम उल्लेख नगरी युनियनले उनीविरुद्ध आजैदेखि भण्डाफोर सुरु गरेको जनाएको छ । युनियनका अध्यक्ष रामेश्वर पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा ग्राहकहरुको हितका लागि सञ्चालन गरिएको अभियानलाई सहयोग गरिएको, विनियमावलीविपरित विना प्रतिस्पर्धा खरिद गर्ने काम भएको, कार्यालयमा बसेर ठेक्कापट्टा र अनियमिततामा रमाउने काम भएको, खबरदारी गर्ने कर्मचारीलाई कालोसुचीमा राखेर हतोत्साहित गर्ने काम भएको जस्ता आरोप लगाएको छ ।

यस्तो छ युनियनको विज्ञप्तिः

Advertisement

Advertisement

Advertisement