होटल संघले पानोरमा रिसोर्टलाई भन्यो– पर्यटकहरुको ज्यान नजानेगरी आफूलाई सुधार

Advertisement

काठमाडौं । होटल संघ नेपाल (हान)ले वर्गीकरणअनुसार आफूलाई सुधार गर्न नवलपरासीको सिमभञ्ज्याङ, दामनस्थित पानोरमा रिसोर्टलाई सुझाव दिएको छ । केही दिनअघि कोठामा निसास्सियर आठ जना भारतीय पर्यटकको ज्यान गएको घट्नापछि संघले सार्वजनिक विज्ञप्तिमार्फत उक्त रिसोर्टलाई सुझाव दिएको हो ।

संघले ज्यान गुमाउने पर्यटकहरुप्रति दुःख प्रकट गर्दै हालै राजपत्रमा प्रकाशित पाँच तारे डिलक्स होटलदेखि होमस्टेहरुको वर्गीकरण र मापदण्ड निर्धारणको पूर्णरुपमा परिपालना गरी सदस्य होटलहरुलाई पाहुनाहरुको सुरक्षासम्बन्धी सम्पूर्ण संयन्त्रहरु अपनान सुझाव दिएको छ ।

Advertisement

Advertisement

Advertisement