अग्नि सापकोटालाई ‘सभामुख बन्नबाट रोकेर पक्राउ गरियोस्’ भन्ने रिटमाथिको बहस आज सकिएन्

Advertisement

काठमाडौं । हत्या आरोपमा मुद्दा खेपिरहेका नवनियुक्त सभामुख अग्नि सापकोटालाई सभामुख बन्नबाट रोकियोस र पक्राउ गरी कारवाही अघि बढाइयोस भनी सर्वोच्च अदालतमा दर्ता गरिएको रिटेमाथि सोमबार भएको सुनुवाई हेर्दाहेदैमा भोलिका लागि सरेको छ ।

सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइका लागि तोकिएको थियो। सोमबार भएको बहसमा निवेदक वरिष्ठ अधिवक्ता दिने त्रिपाठी, अधिवक्ता सुनिल पोखरेल र राजु चापागाइँले सापकोटालाई सभामुख पदमा रोक्नुपर्ने तर्क राखेका थिए ।

निवेदकको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखेर मंगल पुनः सुनुवाई गर्न लागिएको हो । सभामुखमा निर्विरोध निर्वाचित भएका सापकोटाले आजै पद तथा गोपनीताको शपथ पनि खार्इ पदभार ग्रहण गरिसकेका छन् ।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले गत शुक्रबार सापकोटाविरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका छन् । प्रहरीले वारेन्ट गरेको अवस्थामा सभामुख बनाउँदा दण्डहिनता बढ्ने र विधिको शासनमाथि चुनौती थपिने उनको भनार्इ छ ।

द्वन्द्वकालीन अवस्थामा काभ्रेका अर्जुन लामाको अपहरण गरी उनैलाई खाल्टो बन्न लगाएर जिउँदै उनलाई गाडिएको भन्दै लामाकी श्रीमतीले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी छन् । उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ।

Advertisement

Advertisement

Advertisement