सर्वाधिक प्रतिफल दिने कृषि विकास बैंकको डिबेञ्चरमा आजदेखि आवेदन दिन सकिने

Advertisement

काठमाडौं । कृषि विकास बैंकले सर्वाधिक प्रतिफल दिने डिबेञ्चर मंगलबारदेखि निष्काशन गरेको छ । बैंकले हालसम्मकै सर्वाधिक १०.३५ प्रतिशत प्रतिफल सुनिश्चित गरी निकाष्शन गरेको डिबेञ्चको अवधि ७ वर्ष रहने छ ।

‘१०.३५ प्रतिशत एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ नामको डिबेञ्चरको मूल्य प्रति कित्ता १ हजार रुपैयाँ छ भने न्युनतम २५ कित्ता खरिद गर्नुपर्नेछ । डिबेञ्चर छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म बिक्री गरिनेछ ।

बैंकले एक हजार दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निष्काशन गरेको छ । जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि हुनेछ भने बाँकी १५ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।

बैंकले ऋण पत्रको निष्काशनका लागि एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement