लक्ष्मी बैंकको नाफा २५ प्रतिशतले बढ्यो, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । लक्ष्मी बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा २५ प्रतिशतले वृद्धि भएको छ ।

बैंकद्वारा मंगलबार प्रकाशित वित्तीय विवरण अनुसा गत आवको पुस मसान्तको तुलनामा बैंकले चालु आव २०७६/७७ को सोही अवधिमा २४.७६ प्रतिशतले नाफामा वृद्धि गरी ९० करोड ३० लाख रुपैयाँ पुर्याएको छ । गत आव २०७५/७६ को दोस्रो त्रैमासमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

९ अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ८० पैसा बढेर १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बैंकको निष्क्रिय कर्जा १.११ प्रतिशतबाट घटेर ०.८८ प्रतिशतमा सीमित भएको छ । पुस मसान्तसम्ममा बैंकको कष्ट अफ फण्ड ७.२१ प्रतिशत, आधार दर १०.०९ प्रतिशत र स्प्रेड दर ४.२३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको वितरण योग्य नाफा भने ५९ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ शेयरधनी कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ ।

Advertisement

Advertisement

Advertisement