सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । तर, चाँदीको मूल्य भने तोलामा पाँच रुपियाँले घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत सोमबार ७६ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज स्थिर रहेर प्रतितोला ७६ हजार रुपियाँ नै कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८९५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६७ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement