चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो, चार हजार ५१५ जना संक्रमित

Advertisement

काठमाडौं । चिनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार नोवल कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गएको र कुल ४५ सय १५ जना यसबाट संक्रमित भएका छन् ।

राष्ट्रिय स्वास्थय आयोगले दैनिक रिपोर्ट जारी गर्दै सङ्क्रमितमध्ये ९७६ जना रोगीको अवस्था गम्भीर रहेको जनाएको छ । कुल ६० जनालाई रोग निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । घर फर्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

 

Advertisement

Advertisement

Advertisement