भृकुटीमण्डपमा माघ १७-१९ गतेसम्म नेपाल उड इन्टरनेशनल एक्स्पो हुँदै, १५० भन्दा बढी स्टल रहने

Advertisement

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७-१९ गतेसम्म नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड हाउस डेकोर इन्टरनेशनल एक्स्पो हुने भएको छ ।

मिडिया स्पेश सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् । आयोजकले उक्त प्रदर्शनबारे मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो ।

प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन् । फर्निचर, प्याइउड, तथा काठऔजारका कम्पनी, डिलर, सव डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदशर्न उपलब्धी मूलक हुने आयोजकले जनाएका छन् ।

उक्त प्रदर्शनीका सहयोगी सँस्थाहरुमा सोसाइटी अफ नेप्लीज आर्किटेक्ट्स(सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटक्चरल एण्ड इञ्जिनियरिङ फर्मस्(एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एशोसियशन अफ नेपाल(आइयिडा नेपाल) रहेको जनाइएको छ ।

उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको पनि पत्रकार सम्मेलनमा बताइयो ।

Advertisement

Advertisement

Advertisement