कोरोना भाइरस नेपालमा भित्रिने डरले रसुवागढी नाका १५ दिन बन्द गरिने

Advertisement

रसुवा । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । यसर्थ, नेपालमा पनि फैलिन सक्ने डरले नेपालले सतर्कता अप्नाउँदै छ । मंगलबार बिहान रसुवागढीमा नेपाली तथा चिनियाँ अधिकारीहरूबीच बसेको बैठकले रसुवागढी नाका १५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

विभिन्न तीन वटा कारण देखाउँदै बुधबारदेखि नाका बन्द गर्ने निर्णय भएको छ । बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुनसक्ने र ल्होसार पर्वको कारण नाका बन्द गर्न लागेको जानकारी दिएको छ ।

बैठकमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारी उपस्थित थिए । बुधबारदेखि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि केरुङ जान नपाउने रसुवा जिल्ला प्रशाशनले जनाएको छ । चाइना पास भएका व्यक्ति पनि नाका पारीभन्दा अन्त जान पाउने छैनन् ।

Advertisement

Advertisement

Advertisement