ए डिभिजन लिगः सरस्वतीले हिमालयन शेर्पालाई ४–३ गोलको अन्तरले हरायो

Advertisement

काठमाडौ । शहीद स्मारक ए डिभिजन लिगमा सरस्वती युवा क्लबले पहिलो जित हात पारेको छ । मंगलबार एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबमाथि ४–३ गोल अन्तरकोको जित हात पारेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीलाई जित दिलाउन विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक–एक गोल गरे । शेर्पाका लागि आशिष गुरुङ, विजय शेष्ठ र रवि थापा मगरले गोल गरे । पहिलो जितपछि सरस्वतीले ९ खेलबाट ४ अंक जोडेको छ ।

इन्जुरी समयमा शेर्पाका रबी थापा मगरले गोल गर्दै अन्तर घटाएका थिए । जारी लिगमा यो सर्वाधिक गोल भएको खेल हो । जितसँगै रेलिगेशन जोनमा रहेको सरस्वतीले चार अंक जोडेको छ ।

Advertisement

Advertisement

Advertisement