समाजसेवी अनुजकुमार श्रेष्ठद्वारा दानबहादुर शेरचनलाई ह्वील चियर हस्तान्तरण

Advertisement

काठमाडौँ । साकुरा नेपाल कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी अनुजकुमार श्रेष्ठले बागलुङ स्थायी घर भई हाल सानोभर्याङ, काठमाडौं बस्ने ५२ वर्षीय दानबहादुर शेरचनलाई एक थान ह्वील चियर हस्तान्तरण गरेका छन् ।

सानै उमेर देखि दुबै खुट्टा नचल्ने समस्याबाट पीडित शेरचनलाई घाम ताप्न आँग सम्म जान पनि अरुको सहारा चाहिने अवस्था छ । चिसो मौसममा एकै ठाउँमा खुम्चिएर बसिरहन गाह्रो हुने समस्यालाई मध्यनजर गर्दै शेरचनलाई एउटा ह्वील चियर हस्तान्तरण गरेको समाजसेवी श्रेष्ठले बताए ।

‘दानबहादुर दाजुको अनुहारमा देखिएको हाँसोले अझै मानवीय सेवाका कार्यमा अगाडि बढ्न प्रेरणा मिलेको छ’-समाजसेवी श्रेष्ठले भने ।

Advertisement

Advertisement

Advertisement