नेपाल पर्यटन बोर्डको सीईओमा डा. धनञ्जय रेग्मी नियुक्त

Advertisement

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो ।

नयाँ सीईओ नियुक्तिका लागि बोर्डद्वारा गठित उपसमितिले रेग्मी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । नयाँ सीईओ नियुक्तिका लागि बोर्डको सञ्चालक समितिका सदस्य विप्लव पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले शिफारिस गरेका ३ जनामा डा. धनन्जय रेग्मी सबैभन्दा धेरै अंक ल्याउनेमा परेका थिए ।

लामो समयदेखि पर्यटन क्षेत्रमा अध्ययन अनुसन्धानमा लाग्दै आएका रेग्मीले ३४ अंक पाएका थिए भने उनका प्रतिस्पर्धीहरु क्रमशः दीपक बस्ताकोटीले २६ दशमलव ३ र हिक्मतसिंह अयरले २६ दशमलव १ अंक पाएका थिए ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

डा. धनञ्जय रेग्मीसँग केही समय पहिले कर्पोरेट नेपालले गरेको कुराकानी पढ्न यहाँ क्लिक गर्नुहोला

 

 

 

Advertisement

Advertisement

Advertisement