प्रदेश १ को लगानी प्राधिकरणको सीईओमा डा. सरोज कोइराला नियुक्त

Advertisement

काठमाडौं । प्रदेश १ को सार्वजनिक नीजि, साझेदारी लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. सरोज कोइराला नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले कोइरालालाई सीईओ नियुक्त गरेको हो ।

प्रत्यक्ष वैदेशिक लगानी (एमडीआई)मा विद्यावारिधि गर्ने नेपालको पहिलो र एक मात्रै व्यक्ति उनले लगानी बोर्डको कार्यकारी अधिकृतका लागि पनि प्रतिस्पर्धा गरेका थिए । छनौट समितिले कोइरालासहित तीन जनाको नाम सीईओ नियुक्तिका लागि सिफारिस गरेकोमा सरकारले महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो ।

उनले नियुक्तिको कुरा मिडियाबाट थाहा पाए पनि औपचारिक जानकारी नआइसकेको बताउँदै आएपछि के कसरी काम अघि बढाउने ? भन्ने बारेमा आफूले तयारी गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement