एमसीसीमार्फत आईएसआईएस, अलकायदा जस्ता आतंकवादी समूह नभित्राउन कंडेलको चेतावनी

Advertisement

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्दा आईएसआईएस, अल कायदा, तालिवान जस्ता अन्तर्राट्रिय आतंककारी समूहहरुलाई नेपालमा आउन आकर्षित गर्ने चेतावनी दिएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कंडेलले एमसीसी परियोजनाले गरिवी न्यूनीकरण, आर्थिक वृद्धि जस्ता सकारात्मक उद्देश्य लिए पनि यसको कार्यान्वयनबाट अरु थुप्रै खालका समस्या सिर्जना हुने भन्दै यसले दर्जनौ खालका द्धन्द्धहरु यहाँ सिर्जना गर्नसक्ने बताएका छन् ।

कँडेलले एमसीसी परियोजनामार्फत नेपालमा अमेरिकी उपस्थितिले आतंकवादी समूहहरुलाई नेपालमा आकर्षित नगराउन अमेरिका र नेपालस्थित अमेरिकी राजदूतलाई चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘अहिले हामी निकै सुरक्षित छौं । अमेरिकाका जस्ता शत्रुहरु छैनन् । जब एमसीसीमार्फत अमेरिकाको यहाँ उपस्थिति बढ्छ, तब आईएसआईएस, अलकायदा, तालिवान जस्ता आतंकवादी समूहले अमेरिका र अमेरिकी नागरिकलाई लक्षित गर्दै ठूलो आक्रमण सुरु गर्नसक्छन् ।

उनले एमसीसी परियोजनाबाट यहाँका अमेरिकी नागरिकमाथि जोखिम बढ्ने मात्रै नभएर नेपालको आफ्नै अवस्था पनि निकै दयनीय हुनसक्ने चिन्ता प्रकट गर्दै एमसीसीका बारेमा अमेरिकी राजदूत र्याण्डी बेरीका अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाएका छन् । एमसीसी परियोजना सम्पन्न भएपछि अमेरिका फिर्ता हुने कुरामा पनि कंडेलले आशंका प्रकट गरेका छन् ।

राजदूत बेरीले दलका नेताहरुलाई भेट्दै नेपाली बालेर एमसीसी परियोजनाबारे ब्याख्या गर्दै हिँड्नु कुटनीतिक आचरण नभएको कँडेलको भनाई छ ।

Advertisement

Advertisement

Advertisement