जगदम्बा सिमेन्टद्वारा गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा १० लाख सहयोग

Advertisement

काठमाडौँ । चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’को मिडिया प्रमोसनको निमित्त जगदम्बा सिमेन्टले १० लाख रुपियाँ सहयोग गरेको छ ।

‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारा सहित १० लाख रुपियाँ बराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको जनाएको छ ।

समाज सेवामा समर्पित धुर्मुश सुन्तली फाउन्डेसनले राष्ट्रमा अत्याधुनिक अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण उद्देश्यले थालिएको यस अभियानमा राष्ट्र निर्माणमा कटिबद्ध जगदम्बा सिमेन्ट मिडिया प्रमोसन मार्फत सरिक भएको हो ।

अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण, नेपालमा बढ्दो क्रिकेट क्रेज अझ व्यवस्थापन तथा प्रबद्र्धन गर्न महत्वपूर्ण कोसेढुङगा साबित हुनेछ भन्ने जगदम्बा सिमेन्टको मान्यता रहेको छ ।

धुर्मुश सुन्तली फाउन्डेसले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउदै आएको छ । २०७२ को महाविनाशकारी भुकम्पको पुर्निमाणमा धुर्मुश सुन्तली फाउण्डेसनको योगदान महत्वपूर्ण र उल्लेखनीय रहेको छ ।

महोत्तरी, बर्दिबासस्थित नमुना मुशहर बस्ती फाउन्डेसनको नमुना योग्य कामको रुपमा रहेको छ । बाढी पीडितका लागि रौटहट, चन्द्रनिगाहपुरमा निर्मित ‘एकिकृत नमूना सन्तपुर बस्ती’ प्रशंसनीय रहेको छ ।

Advertisement

Advertisement

Advertisement