आठ भारतीय पर्यटक मृत्यु घटनाको छानबीन गर्न वाग्मती प्रदेश सरकारले बनायो कार्यदल

Advertisement

काठमाडौँ । वाग्मती प्रदेश सरकारले मकवानपुरको थाहा नगरपालिकामा रहेको एभरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको घटनाबारे स्थलगत अध्ययन/अनुसन्धान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपत्यका पर्यटन कार्यालयका प्रमुख नवीन गिरीको संयोजकत्वका कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यहरूमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नेत्रप्रसाद भट्टराई, क्षेत्रीय होटल संघका अध्यक्ष, प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष रहेका छन् भने सदस्यसचिवमा पर्यटन मन्त्रालयका दामोदर पाण्डेको मन्त्री अरुण नेपालले बताए ।

कार्यदललाई एभरेस्ट पानोरमा रिसोर्टको अध्ययन अनुसन्धानको साथै प्रदेशमा रहेका होटल, लज, रेस्टुरेन्ट, रिसोर्टका मापदण्ड कार्यान्वयनको अवस्था र पर्यटकले पाउने सेवा, सुविधा र सुरक्षाका अवस्थाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

गत माघ ७ मा पानोरमा रिसोर्टमा निस्सासिएर केरलाका चार बालकसहित ८ जनाको मृत्यु भएको थियो । उनीहरू दुई परिवारका थिए । चिसोका कारण उनीहरूले रिसेप्सनमा बलिरहेको ग्यास हिटर कोठामा लगेका थिए । कोठामा अक्सिन अभावले उनीहरूको निस्सासिएर मृत्यु भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement