महालक्ष्मीको दोस्रो राष्ट्रिय सम्मेलनमा ‘प्रत्येक घरमा एउटा जीवन बीमा’ कार्यक्रमबारे छलफल

Advertisement

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा माघ १२-१४ गतेसम्म सम्पन्न भएको छ । देशैभरीबाट आएका ६० भन्दा बढी शाखा/उपशाखा प्रमुख, क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेत सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो ।

‘प्रत्येक घरमा एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समीक्षा, गुणस्तरीय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन ‘प्रत्येक घरमा एउटा जीवन बीमा’ कार्यक्रम माथि छलफल गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समीक्षा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका थिए ।

२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखा/उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरी कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको जनाएको छ ।

कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको अवगत गरिएको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।

Advertisement

Advertisement

Advertisement