सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम एक अर्ब माथि नै

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सेयर बजारको सुधार टिकेन । आज सेयर बजार परिसुचक नेप्से शून्य दशमलव २७ अंकले घटेर एक हजार ३०५ दशमलव ८८ बिन्दु कायम भयो भने कारोबार रकम एक अर्ब २९ करोड ३७ लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा नाडेप लघुवित्त बीत्तिय संस्था रहेको छ । जसको कारोबार छ करोड ३८ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । जसको कारोबार छ करोड २२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज माइक्रोफाइनान्स समूहको सूचकमा चार प्रतिशतभन्दा धेरैको सुधार आएको छ भने म्युचल फण्ड समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । त्यस्तै ट्रेडिङ समूहको सूकमा दुई प्रतिशतभन्दा धेरैको सुधार आएको छ, निर्जीवन बीमा समू हको सूचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ र होेटल समूहको सूचकमा शून्य प्रतिशतभनदा धेरैको सुधार आएको छ । बाँकी सबै समूहको सूचकमा शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा नाडेप लघुवित्तका लगानीकर्ता रहेका छन् । कम्पनी नौ दशमलव ९६ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी पाँच दशमलव ५० प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement