एलआइसी नेपालका लगानीकर्ताले ९ रुपैयाँ गुमाए, किन भयो यस्तो ?

Advertisement

काठमाडौं । बुधबार एलआइसी नेपालका लगानीकर्ता त्रसित देखिएका छन् । यो कम्पनीका लगानीकर्ता हतास मानस्थितिका साथ सेयर बेच्न आतुर देखिन्थे । सेयर किन्नेहरुको भन्दा बेच्नेहरुको संख्या झण्डै दोब्बर देखियो । कम्पनीका लगानीकर्ताले प्रति कित्ता ९ रुपैयाँ गुमाउन बाध्य भए ।

यो दिन एलआइसी नेपालको एक हजार ८ सय ४२ कित्ता सेयर २३ लाख १३ हजार ७ सय १२ रुपैयाँमा किनबेच भएको थियो । तर पाँच हजार कित्ता भन्दा सेयर बिक्रि स्लटमा राखिएको थियो ।

मंगलबार प्रति कित्ता १२६४ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको बुधबार बजार खुल्दा कारोबार मूल्य १२७० रुपैयाँ कायम थियो । तर बजार बन्द १२५५ रुपैयाँ कायम भयो । कम्पनी प्रति लगानीकर्ताको विश्वास गुम्दै गएको स्पष्टै देखिन्छ । यद्यपी कम्पनीको वित्तिय विवरणहरु भने सकारात्मक नै देखिन्छन् ।
आखिर किन भयो यस्तो ?
लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) अर्थात एलआइसी नेपालमा ५५ प्रतिशत स्वामित्व भारतीय कम्पनी एलआइसीको छ । भारतमा एलआइसी संकटबाट गुज्रिरहेको खबर सार्वजनिक भएपछि नेपालमा त्यसको प्रत्यक्ष असर देखिएको हो । एलआइसीको खराब सम्पति(नन फरफरमिङ एसेट्स–एनपीए) शत प्रतिशतले वृद्धि भएर ६.१५ प्रतिशत पुगेको छ ।

२०१९ मार्च ३१ तारिखसम्म एलआइसीको एनपीए २४ हजार ७७७ करोड भारु बराबर अर्थात २ खर्ब ४७ अर्ब ७७ भारु बराबर छ । जबकी कम्पनीको कुल कर्जा ४ लाख करोड भारु भन्दा बढिको थियो । कम्पनीको कुल सम्पति भने ३६ लाख करोड भारु बराबरको छ । एलआइसीले लगानी गरेका कम्पनीहरु डुब्ने अवस्थामा पुगेपछि एलआइसीमा संकट आइपरेको हो ।

एलआईसीले लगानी गरेका दिवान हाउजिङ रिलायन्स क्यापिटल, इण्डियाबुल्स हाउजिङ फाइनान्स, पिरामल क्यापिटल र एस बैंक लगायत डुब्ने अवस्थामा पुगेका छन् । दिवान हासजिङमा एलआइसीको लगानी ६५०० करोड भारु भन्दा बढी रहेको छ भने रिलायन्स क्यापिपटलमा ४ हजार करोड भारु रहेको छ ।

एबीजी शिपयार्ड, एमटेक अटो र जेपी ग्रुपमा पनि एलआइसीको ठूलो लगानी रहेको छ । यी कम्पनी पनि टाट पल्टिने अवस्थामा पुगिसकेका छन् ।

यस बाहेक भारत सरकारले आर्थिक मन्दी चिर्नका लागि एलआइसीबाट ठूलो मात्रामा रकम लिएको छ । त्यस्तै, जोखिम अवस्थामा पुगेका कतिपय पब्लिक कम्पनीहरुको सेयर खरिद समेत गर्न लगाएको छ ।

Advertisement

Advertisement

Advertisement