ब्रिजस्टोन टायरको अन्तराष्ट्रिय स्तरको बिक्री तथा सेवा केन्द्र शुभारम्भ

Advertisement

काठमाडौँ । जापानी रबर कम्पनीद्वारा उत्पादित ब्रिजस्टोन टायरको अधिकृत वितरक एटिसि प्रालिले ज्ञानेश्वरमा ब्रिजस्टोन बिक्री तथा सेवा केन्द्रको सेवा शुभारम्भ गरेको छ ।

यहाँ एकै छाना मुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा ह्वील अलाइनमेन्ट, अन्तराष्ट्रिय स्तरको सिजर लिफ्ट, ह्वील सन्तुलन, नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन, फिटिङ्ग तथा रोटेशन जस्ता सेवा सुविधाहरु उपलब्ध छन् ।

केन्द्रले आउँदा दिनहरुमा गाडीको ब्याट्री परिवर्तन, एसीमा ग्यास भर्ने सेवाहरु पनि छ । कम्पनीले निकट भविष्यमै देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका विक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने छ ।

एटिसि प्रालि वि.सं. २०१६ देखि नै ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारिक वितरकको रुपमा रही निरन्तर ग्राहकमूखी सेवा दिंदै आएको कम्पनी हो । नेपालभर रहेका आफ्नो बिक्री वितरण सञ्जाल मार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयुभी र अन्य यात्रु कारहरुको टायर बिक्री गर्दै नेपाली बजारमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ ।

कम्पनीले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रममा उपस्थितहरुलाई अध्यक्ष विनोद सेठियाले स्वागत गरेका थिए । कम्पनीका प्रबन्धक निर्देशक मनोज सेठियाले नेपालका सडकहरुको अवस्थालाई ध्यानमा राख्दै गाडी चालकहरुले गाडीको समग्र पर्पmमेन्समा टायरको भूमिका र महत्व धेरै हुने कुरा बुभ्mन आवश्यक रहेको बताए ।

ब्रिजेस्टोन सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयको साथ स्थापित भएको थियो । यो ब्रान्ड टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालु आधारमा वल्र्ड रबरद्वारा विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो । कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement