सर्वाधिक प्रतिफलको डिबेञ्चरमा सर्वसाधारणको आकर्षणः कृषि विकास बैंक

Advertisement

काठमाडौं । सर्वाधिक प्रतिफल सुनिश्चित गरेको कृषि विकास बैंकको डिबेञ्चरमा सर्वसाधारणको व्यापक आकर्षण देखिएको छ । २ अर्ब ५० करोड रुपैयाँको ‘१०.३५ ५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३’ डिबेञ्चरमा सर्वसाधारणको आकर्षण देखिएको हो ।

बिडेञ्चर माघ १४ गतेदेखि बिक्रि खुल्ला भएको छ । संस्थागत लगानीकर्ताका लागि छुट्याईएको एक अर्ब ५० करोड बुक भैसकेको छ । सर्वसाधारणका लागि छुट्याईएको एक अर्ब रुपैयाँ बराबरको एक लाख कित्ता पनि धमाधम बिक्रि भैरहेको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यापिटलका मेनेजर मेख बहादुर थापाले बताए । बिक्रि खुल्ला भएको दोश्रो दिनमै १४ करोड १६ लाख रुपैयाँ बराबरको डिबेञ्चरमा सर्वसाधारणको आवेदन परिसकेको छ ।

७ वर्ष अवधीको डिबेञ्चर जारी गरेको बैंकले सर्वाधिक अर्थात १०.३५ प्रतिशत प्रतिफल दिनेछ । प्रति कित्ता १ हजार रुपैयाँ कायम गरिएको डिबेञ्चरमा न्युनतम २५ कित्ता खरिद गर्न सकिने व्यवस्था छ । बैंकले एक हजार दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निष्काशन गरेको हो । जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बाँकी १५ लाख कित्ता संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ ।

डिबेञ्चरमा छिटोमा माघ १७ गते र ढिलोमा फागुन १४ गतेसम्म लगानी गर्न सकिन्छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले सर्वाधिक प्रतिफलका साधै सर्वाधिक सुरक्षित लगानी समेत भएको बताए । ‘हामीले सर्वाधिक प्रतिफल त दिएकैं छौं, साथमा लगानीको सर्वाधिक सुरक्षाको प्रत्याभूतिमा पनि दिलाएको छ ।’, उपाध्यायले भने ।

एनआइबीएल एस क्यापिटलका मेनेजर थापाले पनि कृषि विकास बैंकको डिबेञ्चरमा सर्वसाधारण लगानी कर्ताको आकर्षण राम्रो देखिएको बताए ।‘सर्वसाधारणलाई छुट्याईको हिस्सा बिक्रि हुन मुस्किल हुने गरेको थियो तर कृषि विकास बैंकको यो स्किममा पब्लिकको आकर्षण राम्रै देखा परिरहेको छ’, मेनेजर मेख बहादुर थापाले भने ।

Advertisement

Advertisement

Advertisement