विवादास्पद विषयमा मौन, तर एमसीसी पास गर्नुपर्ने जोड

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट पास गर्नुपर्ने कुरामा जोड दिए पनि कतिपय विवादास्पद बुँदामा भने स्पष्ट जवाफ दिन सकेनन् ।

उनको आफ्नो पार्टी नेकपाको बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा एमसीसी पास गर्नुपर्ने पक्षमा तथ्यहरुसहित व्याख्या गरेका ओलीले एसीसी कम्प्याक्ट कार्यान्वयनका क्रममा नेपालका कानुनहरु निष्क्रिय हुने सम्वन्धी बुँदामा भने स्पष्ट जवाफ दिएनन् ।

आफ्नै पार्टीभित्रबाट एमसीसीको चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले एमसीसीको बुँदासम्म ७ मा रहेको विवादास्पद प्रावधानबारे स्पष्ट जवाफ दिएनन् ।

एमसीसी पास गर्ने कुरामा पूर्वसभामुख कृष्णबहादुर महराले पनि वार्ता गरेको स्मरण गर्दै उनले त्यस क्रममा महराले एमसीसी पास गर्न समस्या नरहेको बताएको खुलासा गरे । एमसीसी विवादले नेकपा दुई ध्रुवमा ध्रुविकृत भइरहेको बेला प्रधानमन्त्री ओलीले एमसीसीको पक्षमा अडान राख्दै पास गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

नेकपाभित्र नेता भीम रावललगायतका थुप्रै नेताहरु एमसीसी नेकपाको हितमा नरहेको भन्दै कुनै पनि हालतमा उसलाई अनुमोदन गर्न नहुने बताएका छन् । उनले सम्झौतासँग बाझिएको अवस्थामा नेपालको कानुन निष्क्रिय हुने, बौद्धिक सम्पत्तिमा नेपालको अधिकार नहुने जस्ता केही विवादास्पद बुँदामा मौन बस्दै मुलुकको आर्थिक हितका लागि एमसीसी पास गर्नुपर्ने पक्षमा बढि जोड दिएका थिए ।

एमसीसी सुशासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रता लगायतका निश्चित परिसुचकका आधारमा विश्वका विकासशील राष्ट्रहरुको छनोट गरेर आर्थिक बृद्धिमा टेवा पुर्याउँदै गरिबी घटाउन अनुदान सहायता गर्ने कार्यक्रम हो भन्दै ओलीले यसका शर्तहरुमा यो लगानी जनतामा हुनुपर्ने, लोकतान्त्रिक प्रणाली हुनुपर्ने आधारमा अमेरिकाले नेपाललाई दिन लागेको बताए ।

नेपालमा मानवअधिकारको स्थिति सुधारोन्मुख रहेको, लगानी जनतामुखी भएको, लोकतान्त्रिक प्रणाली, पारदर्शिता र सुशासन रहेकाले एमसीसीका लागि छनोट हुन सफल भएको भन्दै ओलीले एमसीसी कम्प्याक्ट (सम्झौता)को लागि पटक पटक वार्ता र छलफल भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा सम्झौता भएको बताए ।

एमसीसी संसदबाट पास गर्ने कुरामा अलिकति विवाद साथीहरुबाट भएको भन्दै उनले यसमा विवाद गर्नु जरुरी नरहेको बताए । ओलीले भने, ‘यसको खासै ‘। यो‘ उ गर्नुपर्ने छैन यसमा ।’ उनले एमसीसीमा वास्तवमा धेरै विवाद गरिरहनुपर्ने खालको विषय नभएको जिकिर गरे ।

यो सहायता हो भन्दै ओलीले ५५ अर्ब जस्तो रकम नेपालले सहायतामा प्राप्त गरेको र यसमा नेपाललाई होच्याउने, अपमान गर्ने कुरा नभएको जिकिर गरे । यो कुनै अर्को कुरा (सुरक्षा)सँग लिंक छैन भन्दै उनले नेपालले जुन सम्झौता गरेका छ, त्योसँग मात्र सबन्धित रहेको दावी गरे । परियोजना पाँच बर्षभित्र पूरा गरिसक्नुपर्ने बताउँदै नगर्दा रकम फ्रिज हुने बताए ।

Advertisement

Advertisement

Advertisement