सनराइज बैंकको नाफा एक अर्ब नजिक, बढायो १८.९८ प्रतिशतले

Advertisement

काठमाडौं । सनराइज बैंकको नाफा एक अर्ब नजिक पुगेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा १५ अर्ब अर्थात १८.९८ प्रतिशतले बढाएर ९४ करोड पुर्यााएको हो । २०७५ पुस मसान्तमा बैंकको नाफा ७९ करोड रुपैयाँ मात्रै थियो । बैंकले यो अवधीमा ५१ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक विवरण अनुसार  ८२ अर्ब १५ करोड निक्षेप संकलन गरेर ७५ अर्ब ५८ करोड कर्जा लगानी गर्दा बैंकको सिडी रेसियो ७४.५४ प्रतिशत कायम भएको छ । बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ । ८ अर्ब ९६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.६९ प्रतिशत छ भने स्प्रेड दर ५.१४ प्रतिशत छ । आधार ब्याजदर ९.९९ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.१४ प्रतिशत छ । सनराइजको प्रति सेयर आम्दानी २१.०६ रुपैयाँ र प्रति सेयर नेटवर्थ १४२.२६ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement