एभरेष्ट बैंकको नाफा डेढ अर्ब, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको नाफा डेढ अर्ब पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा एक अर्ब ५० करोड नाफा आर्जन गरेको हो । यस्तो नाफा २०७५ पुस मसान्त अवधीमा एक अर्ब ४२ करोड रुपैयाँ थियो । बैंकले ६ महिनामा वितरण योग्य नाफा ८६ करोड आर्जन गर्न सफल भएको छ ।

बैंकले यो अवधीमा एक खर्ब ४१ अब निक्षेप संकलन गरेर एक खर्ब १४ अर्ब कर्जा लगानी गरेको छ र सीडी रेसियो ७५.०४ प्रतिशत कायम गराएको छ । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।

८ अर्ब ५१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ७ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशत छ भने स्प्रेड दर ५.३३ प्रतिशत छ । कस्ट अफ फण्ड ६.४४ प्रतिशत रहँदा आधार ब्याजदर ८.४६ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement