सुनको मूल्य ह्वात्तै बढ्यो, एकैपटक तोलामा सात सयको वृद्धि

Advertisement

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत बुधबार ७५ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७६ हजार तीन सय रुपियाँ कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७६ हजार रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ४१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार १६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement