नेपाल इन्स्योरेन्सले शुरु गर्यो अनलाइन पेमेन्ट गेटवे,अब बीमा शुल्क सजिलै भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौँ । श्रीपञ्चमीको अवसरमा नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्सयोरेन्स कम्पनीले ‘अनलाइन पेमेन्ट गेटवे’हरु खुल्ला गरेको छ ।

अब ग्राहकहरुले आईएमई पे, ई-सेवा र खल्तीबाट बीमा शुल्क सजिलै भुक्तानी गर्न सक्ने नेपाल इन्स्यारेन्सले जनाएको छ ।

यो सुविधावाट ग्राहकहरु लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने कम्पनीले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement