कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले स्थगित गर्यो चीनतर्फका सबै उडान

Advertisement

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिन लागेपछि हिमालय एयरलाइन्सले त्यसतर्फका सबै उडानहरु स्थगित गर्ने निर्णय गरेको छ । नेपालमा उक्त भाइरसको भित्रिन दिन हुन्न भन्ने दायित्वबोधका आधारमा सबै उडानहरु स्थगित गरिएको कम्पनीकी प्रवक्ता उज्वला दलीले जानकारी दिइन् ।

वुहान सहरबाट फैलिएको कोरना भाइरसबाट चीनमा डेढसय भन्दा बढिको ज्यान भइसकेको छ । नेपालमा यो भाइरस भित्रिएको अहिलेसम्म पुष्टि भएको छैन् ।

हिमालय एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्म चीनतर्फका उडानहरु स्थगन गरेको जानकारी दिएको छ । एयरलाइन्सले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने जनाएको छ ।

प्रवक्ता दलीले हिमालय एयरलाइन्स बाताबरणमैत्री पनि भएको बताउँदै सोही कारण नेपाल भित्रिने यात्रुहरुको रक्तचाप जाँच गर्ने, माक्स लगाउन दिने काम गरेको बताए । एयरलाइन्सकले बेइजिङ र छोङछिङमा नियमित उडान गर्दै आएको छ भने सेन्जेन, छाङ्सा र सियानमा हप्तामा एकपटक चार्टड उडान गर्दै आएको छ भने छोङछिङमा गत साता मात्रै उडान सुरु गरेको हो ।

प्रवक्ता दलीले उडान स्थगित भए पनि यात्रुहरुलाई टिकट निःशुल्क रद्द गर्ने तथा पर सार्ने सुविधा सुविधा दिएको बताइन् । साथै, उनले कोरोना भाइरस चीनबाहेक अन्य मुलुकबाट पनि भित्रिन सक्ने आशंकाका कारण आफूहरुले अन्य मुलुकका यात्रुहरुमा पनि सावधानी अपनाउने काम गरिहेको बताइन् । साथै, दलीले चीनतर्फबा उडानहरु स्थगित भएपछि ढाका, क्वालालम्पुर, अबुधावीको उडान थप गरेको बताउँदै चीनको अवस्थामा सुधार आए चाँडै उडान सुचारु गर्न सकिने बताइन् ।

Advertisement

Advertisement

Advertisement