स्याल जस्तो किन कराउनुपर्यो ? एमसीसीको सहयोग लिएर केही फरक पर्दैन्ः बास्कोटा

Advertisement

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सैन्य छ भनेर स्यालहुइया गर्नु आवश्यक नभएको बताएका छन्।

नियमित पत्रकार भेटघाटका क्रममा बिहीबार बाँस्कोटाले एमसीसी सैन्य गठबन्धन नभएको र यो देशकै विकास र समृद्धिका लागि भएको जिकिर गर्दै नेपाल सरकारले नै यो सहयोग लिन चाहेको बताए । एमसीसीमा सैन्य गठबन्धन छ भन्नेलाई स्यालजस्तो नकराउन उनको सल्लाह छ ।

बाँस्कोटाले नेपालको परराष्ट्र नीति असंलग्न हो भन्दै शीलयुद्धमा पनि नेपालले सहयोग लिएको रत्यत्तिबेला पनि नेपालले अमेरिका, रसिया र चीनसँग सहयोग लिएको स्मरण गराए । उनले भने, ‘यो कस्तो सहयोग हो ? भनेर हामीले बुझ्नुपर्छ। सैन्य छ छ छ भनेर स्यालजस्तो कराउनु पर्दैन।’

विदेशी सहयोग लिँदा सरकारले पनि राष्ट्रिय स्वाधिनता र सर्वभौमसत्ताको रक्षाका विषयमा गम्भीर भएर सोचिरहेको दाबी गर्दै बाँस्कोटाले एमसीसीको सहयोग ऊर्जाको शक्ति विस्तार र सडक राम्रो बनाउनका लागि मात्रै भएको बताए । आफ्नो स्वार्थ मिल्दो सहयोग लिने विषयमा बालहठ गर्नु नहुने उनको भनाइे छ ।

मन्त्री बाँस्कोटाले नेपालको समग्र आर्थिक र सामाजिक रुपान्तरणको लागि बीआरआईमा गएको बताउँदै क्षमता भएका राष्ट्रसँग नेपालले सहयोग लिनुपर्ने बताए । एमसीसी सैन्य विषय नभएकाले सहयोग लिन शंका गर्न नहुने बताए ।

Advertisement

Advertisement

Advertisement