सिटी एक्सप्रेसबाट पैसा पठाउँदा ‘हरेक कारोबारमा आकर्षक उपहार’, हवाई टिकट निःशुल्क पाइने

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद–एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुलाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ ।

यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटिएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टर) मा उपलब्ध छ ।

सो योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निःशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन का सिक्का, ४५ जनाले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् ।

यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेसबीच २०१७ देखि कारोबार सुचारु हुदै आइरहेको हो ।

Advertisement

Advertisement

Advertisement