बिल गेट्सकी छोरीको छिट्टै विवाह हुँदै, जेनिफर र नसारले गरे ‘इंगेजमेन्ट’

Advertisement

काठमाडौं । अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सले आफ्नी छोरी जेनिफर गेट्सको ‘इंगेजमेन्ट’ घोषणा गरेका छन्। माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफरले इजिप्टका घोडसवार खेलाडी नायल नसारसँग विहे गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

समाचार अनुसार जेनिफरले आफ्ना प्रेमी नायल नसारसँग विहे गर्न लागेकी हुन् । दुबै जनाले बिहीबार विहे गर्ने जानकारी दिएका छन् । जेनिफरले नायालसँगको फोटो राख्दै इन्स्टामा मायालु सन्देश पनि लेखेकी छन्– ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु।’ नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन्। दुवैलाई घोडचढी खेलमा रूचि छ।

bill-gates-daughter-2

गत वर्ष एक अन्तर्वार्तामा जेनिफरले भनेकी थिइन्– घोडाहरू हाम्रो जीवनको एक पाटो हुन्। अनि खेलमा हाम्रो अगाध रूचि छ। नायल व्यवसायिक छ। म त सोखका लागि मात्र गर्छु। नायलले पनि जेनिफरले झैं इन्स्टाग्राममा फोटा राख्दै ‘उनले मानिन्’ लेखेका छन्। ‘म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ’ उनले जेनिफर र आफ्नो फोटोमा लेखेका छन्, ‘जेन, मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकामा धन्यवाद।’

केही अमेरिकी समाचार माध्यमका अनुसार जेनिफरले आफ्ना मातापितालाई भेटेरे विहेको अनुमति माग्नेछिन् । तर केही समाचार माध्यमले नसार र उनले यसरी नै एकअर्कासँग जीवन बिताउने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement