नेपाल वायुसेवा निगमले तिर्यो वाइडवडी र न्यारोवडी जहाजको किस्ता

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता वापत निम्नानुसार भुत्तानी गरेको जनाएको छ ।

दुईओटा वाइडवडीको किस्ता रकम रु. ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको रु ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपियाँ गरी जम्मा रु १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे भुक्तानी गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन/तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याइएको थियो । निगमले दुवै कोषबाट रु २४ अर्ब ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले रु २० अर्ब ऋण लिएको थियो ।

Advertisement

Advertisement

Advertisement