सीआईबीले बुझायो ललिता निवास जग्गा अतिक्रमणको छानविन प्रतिवेदन

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिनासम्वन्धी छानविन प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको छ ।

सीआईबीले विज्ञप्ति जारी गरी २०७५ फागुन २८ मा मन्त्रिपरिषद्ले निर्णय गरी जिम्मेवारी दिएअनुसार छानविन गरी प्रतिवेदन प्रहरी महानिरीक्षकको कार्यालयलमार्फत गृहलाई सुम्पिएको जनाएको हो ।

सत्तारुढ दलका नेतादेखि सर्वोच्चका न्यायाधीससम्म मुछिएको यस प्रकरणमा सीआईबीले नेता र न्यायाधीसलाई छोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख, मालपोत कार्यालयका तत्कालिन कर्मचारी, जग्गा दलालहरु गरी दुई दर्जनलाई दोषी ठहर्याएको छ ।

Advertisement

Advertisement

Advertisement