उपमेयर कप राष्ट्रिय महिला लिगमा चन्द्रपुरको जीत, उपाधिसँगै पायो ३ लाख

Advertisement

काठमाडौँ । रौतहटको चन्द्रपुरमा भएको उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा घरेलु टिम चन्द्रपुरले उपाधि हात पारेको छ ।शनिबार सम्पन्न फाइनल खेलमा वालिङ्ग नगरपालिकालाई पराजीत गर्दै चन्द्रपुर नगरपालिकाले उपाधि जितेको हो ।

दुवै टिमले निर्धारित समयमा गोल गर्न सकनन् र अतिरिक्त १५ मिनेटको खेल पनि बराबरीमा सकिए पछि ट्राइबेकरका आधारण निर्णय लिइएको हो । ३ को बिरुद्ध ४ गोल गरी चन्द्रपुर बिजयी भएको हो ।

चन्द्रपुरले बिराटनगरलाई र वालिङले चौदण्डीगढी नगरपालिका उदयपुरलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए । चन्द्रनिगाहपुरमा रहेको स्वर्गीय शेर बहादुर दर्लामी स्मृती खेल मैदानमा माघ १० देखी प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगितामा प्रथम हुँदै चन्द्रपुर टिमले नगद ३ लाख, मेडल, प्रमाणपत्र र ट्रफी जितेको छ भने द्धितीय हुने वालिङ टिमले नगद एकलाख ५० हजार, मेडल, प्रमाणपत्र, ट्रफी पाएको छ ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी चन्द्रपुरकी रजनी ठोकरले यामाहाको रेज स्कुटर पुरस्कार पाएकी छिन । बेष्ट डिफेन्डर चन्द्रपुरकी समिक्षा घिमिरे, बेष्ट मिडफिल्ड चन्द्रपुरकी सबिता राना मगर , बेष्ट फरवार्ड रोजीना ठोकर घोषित भएकी छिन भने बेष्ट किपर वालिङ साबित्री किसन घोषित भएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement