प्रणय दिवसको अवसरमा साओमीको नयाँ अफर, रेड्मी ‘के२०प्रो’ किन्दा छुट पाइने

Advertisement

काठमाडौं । विश्व प्रसिद्ध चिनियाँ मोबाइल ब्राण्ड साओमीले नेपाली बजारमा भर्खरै सार्वजनिक गरिएको नयाँ फोन ‘रेड्मी के२०प्रो’को मूल्य घटाएको छ। आउँदो ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसलाई लक्षित गरेर उक्त फोनको मूल्य घटाएको हो।

४९ हजार ९ सय ९९ पर्ने ८ जिबी र्याम र २५६ जिबी रोम भएको रेड्मी के२०प्रो मा २ हजार छुट दिएर ४६ हजार ९ सय ९९ मा दिइएको छ। आउँदो प्रेम दिवसको उपलक्ष्यमा आफ्ना साथि, भाई तथा प्रेमी–प्रमिकाले उपहार दिऊन् भन्ने उद्देश्यले मोबाइलमा छुट दिइएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो योजना प्रेम दिवस अर्थात् फेब्रुअरी फोट्टिनसम्म लागू हुने छ।

Advertisement

Advertisement

Advertisement