काठमाडौं । विश्व स्वास्थ्य संकटकाल घोषणा गरिएको नोबल कोरोना भाइरसबाट फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागकाअनुसार, २५ जनवरीमा अस्पताल भर्ना भएका ४४ वर्षीय बिरामीको कोरानाको संक्रमणबाट मृत्यु भएको हो ।
चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण २२ देशमा फैलिसकेको छ । चीनमा मात्रै मृतकको संख्या ३०४ पुगेको छ । चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ ।
विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो । कोरोनाबाट १२ हजार बढी संक्रमित देखिएको छ ।