नेपाल-चाइना चेम्बरले १२ हजार थान मास्क चीन पठायो

Advertisement

काठमाडौँ । नेपाल-चाइना चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजले १२ हजार थान मास्क चीन पठाएको छ ।

कोरोना भाइरसका कारण चीनको जनजीवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसंग चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ ।

चाइनामा माक्सको माग बढेकाले संघले चाइना टिवेट चेम्बर अफ बोर्डर ट्रेडलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको महासचिव विवेक पौडेलले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement