फागुन दोस्रो साताभित्र सबै कर चुक्ता गर्ने एनसेलको तयारी

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सेयर खरिद बिक्रीवापत तिर्नुपर्ने लाभकर र त्यसमा लागेको जरिवानासमेत गरी झण्डै २० अर्ब रुपियाँ फागुन दोस्रो साताभित्र चुक्ता गर्ने योजना बनाएको छ ।

सरकारले आउँदो असारसम्म रकम चुक्ता गर्न समय दिए पनि त्यसअघि नै कर चुक्ता गर्ने कम्पनीले तयारी गरेको हो । ढिलो गर्दा जरिवाना धेरै पर्ने भएकाले सक्दो चाँडो रकम चुक्ता गर्ने एनसेलका अधिकारीहरुले बताएको ठूला करदाता कार्यालयका एक कर्मचारीले बताए । रकम व्यवस्थापन गर्न कम्पनी लागिपरेको छ ।

एनसेलको पूर्वलगानीकर्ता टेलियासोनेराले सेयर बिक्रीवापत लाभकर तिराउनुपर्नेमा अहिले आएर कर अशुलिएको भन्दै हालको लगानीकर्ता एक्जियटाले असन्तुष्टि जनाउँदै आएको छ । टेलियासोनेराविरुद्ध एनसेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा मुद्दासमेत दर्ता गरेको छ । कर विवादको विषयमा सर्वोच्चले गरेको फैसलाको आधारमा एनसेलले फागुन दोस्रो सातासम्म बाँकी रकम चुक्ता गर्ने तयारीमा लागेको हो ।

साथै, संसदको सार्वजनिक लेखा समितिले आइतबार लाभकर तिरेपछि मात्र एनसेललाइ फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पुस २ गते गरेको १८ सय ब्यान्डमा बाँकी १६ मेगाहर्जको फ्रिक्वेन्सी अक्सनमार्फत एनसेलले जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी पाउने प्रक्रिया अनिश्चित बनेको थियो ।

Advertisement

Advertisement

Advertisement