राजेन्द्र राईको प्रस्ताव पास, अब केपी/प्रचण्डको सट्टा मार्क्स-एंगेल्सको फोटो

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी कार्यक्रमहरुमा अध्यक्षद्धय केपी ओली र प्रचण्डको फोटो नराख्ने निर्णय गरेको छ । केन्द्रिय कमिटीको दोश्रो पूर्ण बैठकको ब्यानरका दुई छेउमा ओली र प्रचण्डको फोटो राखिएको थियो ।

जिउँदा नेताहरुको फोटो टाँगेर राजतन्त्रकालिन झझल्को आएको भन्दै केन्द्रिय सदस्य राजेन्द्र राईले बिरोध गरेका थिए । उनको बिरोधपछि पार्टी कार्यक्रमहरुमा दुई अध्यक्षको फोटो राखिएको विषय आलोचनाको केन्द्र बनेको थियो ।

नेकपा सचिवालयको बैठकले पार्टी नेताहरुको साटो कार्ल मार्क्स र एंगेल्सको फोटो राख्ने सहमति गरेको अध्यक्ष प्रचण्डले केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै जानकारी दिएका थिए ।

Advertisement

Advertisement

Advertisement