प्रभु बैंकले दिल्लीमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौँ । प्रभु बैंक लि., यूके एड-डीएफआईडी अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस एडभाइजर र प्रभु मनि ट्रान्सफरको सहकार्यमा शनिबार र आइतबार वित्तीय साक्षरता एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपालीहरुका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।

विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उक्त कार्यक्रममा सहभागिता रहेको थियो ।

वित्तीय साक्षरता एवम अन्र्तक्रियात्मक कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवम् बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो ।

उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवम् सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो ।

Advertisement

Advertisement

Advertisement